Comments Add Comment

इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

इन्धन संकट हटाउन प्रजिअ रानाको निर्देशन

२०, वैशाख बुटवल । रुपन्देहीमा बिहीबार मात्रै बहाली भएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले तेल आपूर्ति सहज बनाउने प्रतिबद्धता जनाएका छन् ।

उनले तत्कालै अनुगमन सुरु गरिने र बैठक बोलाएर रुपन्देहीको सुरक्षा ब्यबस्थालाई समेत चुस्त बनाउने उल्लेख गरे ।

‘अनलाइन पद्धतिको नाममा तेल आपूर्ति र बितरण असहज बनाउन हुँदैन, उपभोक्तालाई सहज हुने किसिमले समस्या समाधान गरिहाल्न म निर्देशन दिन्छु ।’

रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलको आयोजनामा सरोकारवालाबीच भएको साक्षात्कार कार्यक्रममा बोल्दै उनले तेल भएर पनि नबाड्ने पम्पलाई कारबाही गर्ने बताए ।

नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय डीपो रुपन्देही भलबारीका प्रमुख अशोक शाहले १ हप्तादेखि सुनौतीमा रहेको भारतीय कस्टममा अनलाइन सिष्टम लागू भएकाले आयातमा समस्या (ढिलाइ) भएको बताए ।

‘कस्टममा पहिले म्यानुअल सिष्टम थियो, अब अनलाइन सिष्टम सुरु भएको छ, तेल अभाब हुनेछैन ।’ उनले भने ।

अहिले यो क्षेत्रमा २ लाख ५० हजार लिटर पेट्रोलको माग छ भने करिब १२ लाख लिटर डिजलको माग रहेको उनले बताए । डीपोमा दैनिक इन्धन भरिएका ५० देखि ६० ट्यांकर ट्यांकर आउने गरेका छन् ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोशिएसनका अध्यक्ष प्रेम न्यौपानेले तेल बोक्ने ट्यांकरको संख्या नथपेसम्म इन्धन अभाब भैराख्ने दावी गरे ।

उनले इन्धन बोक्ने गाडी थप्नका लागि सरकार बाधक बनेको गुनासो गरे । ‘डीपोमा र पम्पमा स्टोरेज छैन भएको तेल एक दिनमै सकिन्छ,अनि कसरी बाँड्ने त ?’ उनले भने ।

पूर्व सांसद तथा माओबादी नेता बिनोद पहाडीले बजारमा तेल अभाब हुँदा जनताले सरकार भएको अनुभूति गर्न नपाएको बताए । उनले भने-सरकार कहा छ,जनताले दुख पाएको कस्ले हेर्ने?’

इन्धन आपूर्ति र बितरणलाई सहज बनाउन सरोकारवालाले आग्रह हुन् छन् । भारतीय कस्टममा अनलाइन प्रबिधि जडानको नाममा बजारमा भैरहेको इन्धन संकट तत्काल हटाउनुपर्ने उनीहरुको धारणा छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका रुपन्देहीका निबर्तमान अध्यक्ष काजिमान श्रेष्ठले पम्पहरुले स्टोरेज गरेका कारण तेल अभाब भएको बताए ।
उनले रातिको समयमा तेल बेच्ने र दिउसोमा छैन भन्ने परिपाटिको अन्त्य हुनुपर्ने बताए ।

श्रेष्ठले बजारमा तेलको मूल्य बढ्ने गन्ध थाहापाएपछि ब्यापरिहरुले तेल बेच्न बन्द गर्ने र महंगिएपछि बेच्ने गर्दा सरकारीपक्ष मुकदर्शक बनेर बसेको बताए । उनले नियमित रुपमा अनुगमन गर्नुपर्ने बताए ।

कार्यक्रम क्लवका प्रदेश कार्यालयका प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment