Comments Add Comment

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष गुरङले लिए शपथ

२३ वैशाख, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष महेन्द्रमान गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीबी नेपाल समक्ष आईतबार उनले शपथ लिएका हुन् ।

अध्यक्ष गुरुङ नेपाल सरकार संचार मन्त्रालयका सचिव हुन् । सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment