Comments Add Comment

नेपाल लोक आइडल-२०७५ घोषणा, प्रथमलाई ३० लाख पुरस्कार

साउनदेखि सातै प्रदेशबाट अडिसन सुरू गरिने

काठमाडौं । पहिलो पटक सर्बाधिक धनराशी पुरस्कार रहेको टेलिभिजन रियालिटी शो ‘नेपाल लोक आइडल-२०७५’ हुने भएको छ ।

सार्थक डिजिटल म्यूजिक प्रालिको आयोजना तथा जेब्रा क्रियशनको प्रस्तुतिमा लोक आइडल हुन लागेको हो ।

आगामी साउन महिनादेखि सातै वटा प्रदेशमा छनोट प्रक्रिया शूरु गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

नेपाली लोक संस्कृतिको जर्गेना, सम्बर्द्धन, र संरक्षण गर्ने उद्देश्यले नेपाल लोक आइडलको आयोजना गरिएको आइडलका संयोजक जीवन पन्तले बताए ।

पहिलो चरणमा सातैवटै प्रदेशमा प्रतिभाहरुको छनोट गरिने बताउँदै संयोजक पन्तले भने, ‘हाम्रो प्रयास कठिन भएतापनि हामीहरु कुनै पनि हालतमा यो आइडललाई भव्य रुपमा सम्पन्न गर्छौं, अरु भन्दा बिरलै आफ्नो पन दिने खालको आइडल हो, यसलाई सफल पार्न सबैको साथ मिल्ने मैले आशा गरेको छु ।’

त्यस्तै आइडलका निर्देशक सुरेन्द्र दाहालले नेपाल लोक आइडल-२०७५ ले नेपाली लोक संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने दावी गरे । उनले भने,’नेपाली लोक संस्कृतिमाको प्रहारलाई रोक्न र नेपाली लोक गीतको मर्म र भावनालाई बचाउनमा यस आइडलले थोरै भएपनि भूमिका खेल्छ, काम गर्ने मानिसहरुका खुट्टा काट्नेहरु धेरै हुन्छन्, हामीले यो आइडल कुनैपनि हालतमा सम्पन्न गरेरै छोड्छौं ।’

उनले अघि थपे, ‘आइडल प्रथम हुनेले ३० लाख रुपैयाँ, दोस्रो हुनेले १५ लाख र तेस्रो हुनेले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्, यो आइडलले जन्माएका प्रतिभाहरुले भविष्यमा लोक गीत संगीतको संरक्षणको लागि आफूलाई सर्मपित बनाउने छन् ।’

लोक संस्कृतिको आधारमा स्थानीय निर्णायकद्धारा पहिलो चरणमा प्रत्येक प्रदेशबाट १०/१० जनालाई छनोट गर्ने र ७० जनालाई राजधानीमा ल्याएर क्लास दिएर प्रतिपर्धामा उतार्ने आयोजकको तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment