Comments Add Comment

हावाहुरीका कारण महोत्तरी र धनुषामा २ जनाको मृत्यु


२६ वैशाख, महोत्तरी । बुधबार विहान आएको हावाहुरीका कारण महोत्तरी र धनुषामा दुई जनाको मृत्यु भएको छ ।

महोत्तरीमा जंगलमा दाउरा संकलन गर्न गएकी एक महिलाको मृत्यु भएको हो । गौशाला नगरपालिका १२ बस्ने ३५ बर्षीया फूलवदन देवी महराको जंगलमा दाउरा संकलनको क्रममा हावाहुरीको कारण भाँचिएको रुखको हाँगाले लागेर मृत्यु भएको हो ।

त्यस्तै घर भत्किँदा च्यापिएर धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ मा ५८ वर्षीय दुखीदास तत्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक रामनरेश सिंहले जानकारी दिए ।

हावाहुरीको समयमा घरमा सुतिरहेको बेला घर भत्किँदा च्यापिएर घटना स्थलमै तत्माको ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment