Comments Add Comment

कविरको करिअर जोडिएको ‘लम्फू’, टर्रो होला कि गुलियो ?


चलचित्र ‘लम्फू’ भोलीबाट हलमा लाग्दैछ । ‘किन लाग्छ माया, बोक्सी’ जस्ता चलचित्रको निर्माण गरेका शक्तिबल्दभ घोरासैनीको निर्माणमा तयार भएको चलचित्रलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् ।
यो चलचित्रले यो बर्षको असफल चलचित्रको सिलसिलालाई तोड्ने अपेक्षा गरिएको छ ।

चलचित्रमा कविर खड्का, मरिष्का पोख्रेल, चाँदनी शर्मा, सलोन बस्नेत, कुसुम श्रेष्ठ, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको गीतसंगीत चर्चामा छ । नव–नायक कविर खड्काको करिअर यो चलचित्रसँग जोडिएको छ । यो चलचित्रबाट रजतपटमा डेब्यू गरेका नायक खड्का कुन गतिमा अगाडि बढ्न सक्छन् भन्ने यसको ब्यापारले देखाउनेछ ।

चलचित्र अमला जस्तो बनेको निर्देशक लामिछानेले बताउँदै आएका छन् । उनका अनुसार, सुरुमा टर्रो र पछि गुलियो हुने भन्दै चलचित्र उत्कृष्ट बनेको दाबी उनको छ । एक यूवा र उसको जीवनमा आइपर्ने उतारचढावको कथालाई चलचित्रले उठान गरेको छ । भोलीबाट रिलिज हुने चलचित्रबाट आशा धेरै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment