Comments Add Comment

आईपीएल खेल्दाखेल्दै कोहलीको खुट्टा ढोग्न आइपुगे फ्यान, सेल्फी खिचाएर फर्किए


३० वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली डेयर डेभिल्सबीच रोमाञ्चक खेल जारी थियो । अझ रोमाञ्चक त त्यतिबेला भयो जतिबेला एक व्यक्ति कडा सुरक्षा घेरा छिचोल्दै मैदानमा छिरेर विराट कोहलीको खुट्टा ढोग्न थाले । यो दृष्यले दर्शकहरु मात्र होइन, खेलाडीहरुले पनि आफ्नो हाँसो थाम्न सकेनन् ।

वास्तवमा ति व्यक्ति कोहलीका फ्यान रहेछन् । कोहली घरेलु मैदानको फिरोज शाह कोटाला मैदानमा व्याटिङ गर्दै थिए । यद्यपि, उनी स्ट्राइकिङमा थिएनन् । त्यहीबेला एक व्यक्ति दगुर्दै आएर कोहलीको पाउ परे । उनले कोहलीसँग सेल्फी खिचाउने सर्तमा मात्र मैदानबाट बाहिर जाने जिद्दी गरे ।

फ्यानको मन राखिदिन कोहलीले पनि सेल्फी खिचाए । अरु व्यक्तिहरुले ति व्यक्तिलाई समातेर मैदानबाट बाहिर ल्याए । त्यसपछि केहीबेर रोकिएको खेल पुनः सुरु भयो ।

यो खेलमा कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली डेयर डेभिल्सलाई ५ विकेटले हरायो । दिल्ली डेयर डेभिल्सबाट आईपीएलमा डेब्यू गरेका नेपालका सन्दिप लामिछानेले चार ओभरमा २५ रन खर्चिएर एक विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment