Comments Add Comment

सुनवलमा १३६ घर सुकुम्वासीलाई ६० विगाहा जग्गा वितरण गरिने

३० वैशाख, नवलपरासी । नवलपरासीको सुनवल नगरपलिका भित्र अव्यवस्थित रुपमा बसोबास गर्दै आएका १३६ घर सुकुम्बासीलाई ६० विगाहा जग्गा वितरण गरिने भएको छ ।

नापी कार्य चलिरहेको सुनवल नगरपालिकाले जनाएको छ । सुनवल-७ मा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई जग्गा वितरण गरिने भएपछि स्थानीय हर्षित भएका छन् ।

०३५ सालभन्दा अगाडिबाट बसोबास गरिरहेका तर लालपूर्जा नपाएकालाई उक्त जग्गा वितरण गरिन थालिएको हो ।

सुकुम्वासीहरुलाई ब्यावस्थित बनाउने योजना आनुसार लालपुर्जा बितरण गर्ने प्रकि्रया पूरा गर्न सुनवल नगरपलिका-७ को बेतलौरी र गौरीघाटमा जग्गा नापी कार्य भैरहेको सुनवल नगरपालिकाका नगरप्रमुख भरत थापाले बताए ।

बेत्ालौरीमा रहेका ५६ घरधुरीका लागि ४० बिगाहा र गौरीघाटमा ८० घरधुरीका २० बिगाहा जग्गाको नापी भैरहेको छ ।

सुनवल नगरपलिकाका नगरप्रमुख भिमबहादुर थापाले सुनवल नगरपलिका भित्रका सबै जग्गा ब्यावस्थित गरी सुकुम्वासी समस्या समाधान गर्न नापी भैरहेको र प्रकि्रया पूरा गरी लालपुर्जा बितरण गर्ने बताए ।

थापाले सुनवलमा पांँच वर्षभित्र सुकुम्बासीको संख्या शून्यमा झार्ने गरी काम थालिएको बताए ।

सुनवल नगरपलिका-७ का वडाध्यक्ष बसन्तराज दाहालले ०३५ सालदेखि अव्यवस्थित रुपमा बासोबास गरिएको बस्तीलाई व्यवस्थित बनाउने योजना आनुसार नापी भइरहेको बताए ।

विभिन्न कारणबस लालपूर्जा पाउन छुटेकाहरुलाई लालपूर्जा दिलाउन र उनीहरुलाई आफ्नो जग्गाको मालिक आफै बनाउनका लागि यस्तो कार्यलाई अगाडि बढाइएको वडा अध्यक्ष दाहालले बताए ।

उक्त कार्य राष्ट्रिय पुनर्वास कम्पनीको सहकार्यमा गरिएको छ । राष्ट्रिय पुनर्वास कम्पनी बर्दघाटका प्रमुख महेन्द्र थापाले यसै आर्थिक वर्षको मसान्तभित्र जग्गाको नापनक्सा गरी लालपुर्जा वितरण गरिने बताए ।

उनले नापी कार्य सकेपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिको वैठक बसी लालपूर्जा दिने तयारी भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment