Comments Add Comment

कैलालीमा हावाहुरीः १ को ज्यान गयो, सडक अबरुद्ध


३१ वैशाख, कैलाली । गएराति आएको हावाहुरीले घरको छानो उडाउँदा कैलालीमा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१, माघी होमस्टेमा रहेको घरको छाना उडाएर खसेको सालको बल्ली लागेर स्थानीय ५६ वर्षीय चारुमणि बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

हुरीले सञ्चार सम्पर्कसमेत बिच्छेद गराएको छ ।

हावाहुरीका कारण जिल्लाका केही ठाउँमा पशुचौपायाको मृत्यु भएको छ भने सडक किनारका रुख र विजुलीका पोल ढल्दा सडक अबरुद्ध हुन पुगेको छ ।

अत्तरिया–धनगढी सडक खण्डमा खसेको रुख पन्छाएर प्रहरीले बाटो खुलाइएको छ । क्याम्पसरोडबाट धनगढी गाउँजाने बाटोमा रहेको विजुलीको पोल अझै हटाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment