Comments Add Comment

बार्सिलोनाः पराजित विजेता

३१ वैशाख, काठमाडौं । घरेलु लिगमा राम्रो खेल प्रदर्शन गरिरहेको बार्सिलोनाको सपना ३७ औं खेलमा टुंगिएको छ । राम्रो मानिएका क्लबहरुलाई निराश पारेर उत्कृष्टता सावित गरेको बार्सिलोना आइतबार राति लेभान्टेसँग ५-४ ले पराजित भयो ।

दोस्रो स्थानमा रहेको एथ्लेटिको मडि्रड र तेस्रो स्थानमा रहेको साविक विजेता रियल मडि्रडविरुद्ध राम्रो गरेर पनि बार्सिलोना मध्यम स्तरको क्लब लेभान्टेसँग स्तब्ध भयो । लेभान्टेसँगको हारपछि ला लिगामा अपराजित रहने बार्सिलोनाको सपना पूरा हुन पाएन ।

सन् १९३० को दशकमा १८ खेल हुने सिजनमा रियल मडि्रड पूरै सिजन अपराजित रहेको थियो । आधुनिक विश्व फुटबलमा सुनौलो कीर्तिमान बनाउने बार्सिलोनाको सपना पूरा भएन । हारपछि च्याम्पियन बार्सिलोनाको एक खेल बाँकी हुँदा ९० अंक छ ।

पहिलो हाफमा २-१ गोल र ५८ औँ मिनेटसम्म ५-१ ले पछि परेको बार्सिलोना खेलमा र्फकने प्रयास गरे पनि हारबाट जोगिन सकेन । ३८ औँ, ५९ औँ, ६४ औँ मिनेटमा गरेर कोटिन्होले हृयाटि्रक पूरा गरे । ७१ औँ मिनेटमा पाएको पेनाल्टीमा लुइस स्वारेजले एक गोल गरे ।

लेभान्टेका इम्यानुएल बोयटेंगले ९ औँ, ३० औँ र ४९ औँ मिनेटमा गरेर हृयाटि्रक गरे । यस्तै बार्धिले ४६ औँ र ५६ औँ मिनेटमा गरेर दुई गोल गरे ।

बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभर्देले ला लिगामा उत्कृष्ट प्रदर्शन गरिरहेका लियोनल मेस्सीलाई आराम दिनु घातक सावित भयो । गएको हप्ता रियल मडि्रडसँग बराबरी गरेपछि बार्सिलोना अपराजित रहने आँकलन गलत सावित भएको छ ।

ला लिगा उपाधि उचालिसकेको बार्सिलोनालाई हराउनु आफूहरुको ठूलो उपलब्धी भएको लेभान्टेका प्रशिक्षक पाको लोपेजले बताएका छन् । गएको मार्चमा क्लब सम्हालेपछि उनले ला लिगाको १० खेलमा ८ मा जित दिलाएका छन् । रेलिगेसनमा पर्ने आँकलन गरिएको लेभान्टेले उनकै प्रशिक्षणमा उत्कृष्ट खेल देखाउँदै बार्सिलोनासम्मलाई हरायो ।

खेलमा धेरै पोसेसन बार्सिलोनाको पक्षमा रहेपनि गोल भने हुन सकेन । बार्सिलोनाले ६५ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको थियो ।

लेभान्टेले पोस्टमा प्रहार गरेको १२ सटमा ५ वटा गोलमा परिणत भयो । बार्सिलोनाले गरेको १८ प्रहारमा ४ वटा गोल भयो ।

गएको सिजन र यो सिजनमा गरी बार्सिलोना ला लिगाको लगातार ४३ औँ खेलसम्म अपरातिज थियो । बार्सिलोनाले यो सिजन ला लिगाका ३७ खेलमा २७ मा जित, ९ मा बराबरी र एक खेलमा हार बेहोरेको छ । बार्सिलोनाले ९८ गोल गरेको छ । २९ गोल खाएको छ ।

बार्सिलोनाका खेलाडी सर्जियो बुस्केट्सले आफूहरु पराजित भए पनि सिजनभर कस्तो खेल प्रदर्शन गरियेा त्यसमा विचार गर्नुपर्ने बताएका छन् ।

‘हाम्रो पराजयले एकदमै लज्जित बनायो तर यसलाई मात्र हेर्नु हुँदैन । खेलमा कहिलेकाहीँ यस्तो हुन्छ । ५-१ ले पछि परेको अवस्थामा पनि हामीले निकै मेहनत गरेका हौँ’ उनले भने, ‘अवसरहरु पनि आएका थिए । समयले सधैँ साथ दिँदैन । यो हाम्रो समय थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment