Comments Add Comment

पुजा भन्छिन्ः ‘सुदर्शन र मेरो सहकार्य दिर्घकालिन’


नायिका पुजा शर्मा र निर्देशक सुदर्शन थापाको प्रेमको चर्चा धेरै भयो । तर, उनीहरुले आफूहरु राम्रो साथी र व्यवसायीक पार्टनर मात्र भएको बताउँदै आएका छन् । आफ्नो १० वर्ष लामो करिअरमा पुजा अहिलेसम्म सुदर्शन क्याम्पबाट बाहिर निस्केकी छैनन् । यसलाई लिएर उनको आलोचना समेत हुने गरेको थियो । तर, हालै पुजाले बाहिरी ब्यानरको एउटा चलचित्र साइन गरिन्, जुन विषयले मिडियामा राम्रै चर्चा पायो । कतिपयले भने पुजाको सुदर्शनसँग खटपट परेर निस्केकी त होइनन् भन्ने अड्कलसमेत काटे । यस विषयमा पुजाले मुख खोलेकी छिन् ।

उनले बाहिरी व्यानरको फिल्ममा साइन गरे पनि सुदर्शनसँग आफ्नो सहकार्य नतोडिएको बताएकी छिन् । फेसबुकमा एक स्टाटस लेख्दै उनले भनेकी छिन्, ‘सुदर्शनजी र म एउटा प्रोफेसनल कम्पनीका अंग हौं, जहाँ हामी दुवै सेयर होल्डर छौं । र, हामी प्रोफेसनल विजनेस पर्सनको रुपमा दिर्घकालसम्म सँगै काम गर्न चाहन्छौं ।’

रामकानीको काम सकिएपछि आफूले बाहिरी ब्यानरको एउटा फिल्म खेल्ने भनेर दुई जनाबीच सहमति भएको पुजाको भनाई छ । उनले अगाडि थपेकी छिन्, ‘म यदि हाम्रो टिम वा ब्यानरबाट बाहिर निस्के भनेँ तपाईंहरुलाई आफैंले जानकारी गराउने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment