Comments Add Comment

युभेन्टसका प्रशिक्षकको घोषणा – इंग्लिस क्लब जाँदिन


३१ वैशाख, काठमाडौं । युभेन्टसका प्रशिक्षक मासिमिलिनो एलेग्रीले आफू इटालियन क्लबमै रहने बताएका छन् ।

इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले क्लब छाडेपछि एलेग्री आर्सनल जाने चर्चा चलेका बेला उनले इटलीमै बस्ने बताएका हुन् ।

उनी अर्को इंग्लिस क्लब चेल्सीमा प्रशिक्षक एन्टोनियो कोन्टेको स्थानमा जाने विश्लेषणहरु पनि बाहिरिरहेका थिए । यस्तोमा ‘सिरी ए’ फुटबलबाट टाढिने खबर आइरहेका बेला उनले आफू इटालीमै रहने बताएका हुन् ।

‘यदि उनीहरुले मलाई हटाएनन् भने म आउने सिजन पनि युभेन्टसमै रहन्छु’ उनले भने । ५० वषर्ीय एलेग्रीले आइतबार राति युभेन्टसलाई सिरी ए उपाधि जिताएसँगै अझै एक सिजन क्लबमै रहने घोषणा गरेका हुन् ।

‘यो सिजन हामीले उपाधि जिते पनि आउने सिजन शून्यबाटै सुरु गर्ने हो । यसैले आउँदो सिजन पनि हामी प्रतिस्पर्धी हौं भन्ने प्रमाणित गर्नु छ’ उनले भने ।

युभेन्टसले लगातार सातौं सिजन इटालियन सिरी ए फुटबलको उपाधि जितेको हो । लिगको एक खेल बाँकी हुँदा नै युभेन्टसले लगातार सातौँ उपाधि पक्का गर्‍यो ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा रोमासँग गोलरहित बराबरीमा रोकिए पनि उपाधिका लागि आवश्यक एक अंक जोड्दै ३४ औं पटक शीर्ष लिगको उपाधि जितेको हो ।

१० खेलाडीमा सीमित भएको रोमासँगको खेलमा युभेन्टसले गोल गर्न भने सकेन । ६८ औं मिनेटमा नाइन्गोलान दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि रोमा १० खेलाडीमा सीमित भएको थियो ।

दोस्रो स्थानमा रहेको नापोली आइतबार राति नै भएको खेलमा साम्पाडोरिएसँग २-० ले पराजित भयो । युभेन्टसको एक खेल बाँकी हुँदा ९२ अंक भएको छ । नापोलीको ८८ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment