+
+

टुबोर्ग ओपनमा जोडिए लाहुरे र बिपुल

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ४ गते १६:५२

डेनिस ब्राण्ड टुबोर्गले पहिलो सांगीतिक अभियानको सफलता पश्चात ‘टुबोर्ग ओपन’ फेरी आयोजना गर्ने घोषणा गरेको छ । यसमा दुई नेपाली गायकहरु लाहुरे र विपुल क्षेत्री जोडिएका छन् ।

यस अभियानमार्फत विश्वभरका सांगीतिक क्षेत्रका उत्कृष्ट कलाकारहरुको खोजी गरी ‘डिप्लो’ र ‘मो’ को सहकार्यमा नयाँ सांगितिक ट्र्रयाकहरु बनाइने कम्पनीले जनाएको छ ।

एउटै विश्वव्यापी सन्देश भएको गीत विश्वभरका प्रत्येक कलाकारले आˆनो स्थानीय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दहरुका साथ गाउनेछन् ।

अघिल्लो वर्षको अभियानमा सहभागी अमेरिकी निर्माता तथा डिजे ‘डिप्लो’ डेनमार्कका लोकप्रिय कलाकार ‘मो’सँग फेरि आएका छन् । उनीहरु मिलेर ‘स्टे ओपन’ नामक ट्र्रयाक रचना गरेका छन् ।

नेपालमा दुई जना लोकपि्रय स्थानीय कलाकारहरुसँग सहकार्य गरिने बताइएको छ जसमा लोकपि्रय नेपाली र्‍यापर ‘लाहुरेे’ र ‘बिपुल क्षेत्री’ परेका हुन् ।

आफ्नो उत्सुकता व्यक्त गर्दै लाहुरेले भने, ‘टुवोर्गले सधैं नेपालमा सांगीतिक सहकार्य र कार्यक्रमहरु गरिरहेको छ र मैले उहाँहरुसँग धेरै स्थानीय कार्यक्रमहरुमा काम गरेको छु । यसपटक टुबोर्ग ओपनले विश्वभरको सांगीतकारहरुलाई एउटा ओपन अन्तर्राष्ट्रिय मञ्चमा ल्याएको छ । टुबोर्ग ओपनमा डिप्लो, मो र बिपुलसँग काम गर्न पाउँदा भाग्यशाली र उत्साहित भएको महसुस गरिरहेको छु । हामी टुबोर्ग इन्टरनेसनलसँग केही नयाँ रचना गर्दैछौं ।’

बिपुलले थपे, ‘संगीत भनेकै नयाँ कुराहरु सिक्नु र नयाँ विचारहरु खोज्नु हो । संगीतको माध्यमबाटै हामीले डिप्लो र मो जस्ता कलाकारहरुसँग सहकार्य गर्न पायांै र टुबोर्ग ओपन मा सहभागी हुन पाउँदा मलाई सम्मानित भएको महसुस भएको छ ।’

उक्त विश्वव्यापी ट्र्रयाक ११ मे २०१८ मा रिलीज भएको थियो र स्थानीय ट्र्रयाकहरु भने जूनमा रिलीज हुनेछन् जसमा विश्वव्यापी र स्थानीय कलाकारहरुको आफु ‘ओपन टु मोर’भएको यात्राको कथा हुनेछ । यो अभियान अन-प्याड र डिजिटलका साथ चल्नेछ र वर्षको पछि डिप्लो र मो तथा स्थानीय कलाकारहरुको साथ लाईभ सांगीतिक कार्यक्रम गरी अभियान समापन गरिनेछ ।

गोर्खा ब्रुअरी प्रालीका मार्केटिङ डाइरेक्टर बैभव शर्माले ‘डिप्लोे’ र ‘मो’ लाई यहाँका स्थानिय कलाकार ‘लाहुरेे’ र ‘बिपुल क्षेत्रीे’सँग टुबोर्ग ओपन गानामा सहकार्यको लागि घोषणा गर्न पाउँदा निकै उत्साहित भएको बताए ।

‘यो हाम्रो कलाकारहरुको लागि ठूलो अवसर हो र टुबोर्ग नेपालको लागि यो सहकार्य निकै अविस्मरणिय रहने छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?