Comments Add Comment

ललितपुरमा अन्तर विद्यालय ब्याडमिन्टन तथा भलिबल प्रतियोगिता सम्पन्न

६ जेठ, काठमाडौं । ‘सकारात्मक परिवर्तनका लागि खेल’ भन्ने नाराका साथ ललितपुर जिल्लामा पहिलो पल्ट छात्र तथा छात्रा दुवैलाई एउटै समूहमा सामेल गरी अन्तर विद्यालय ब्याडमिन्टन तथा भलिबल प्रतियोगिता गरिएको छ ।

जिल्लाको छम्पी तथा आदर्श शौल स्रोत केन्द्रका ९ विद्यालय सम्मिलित सो प्रतियोगितामा १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । १ जेठदेखि शुरु भएका प्रतियोगिता ५ दिनसम्म चलेको थियो ।

प्रतियोगिताको फाइनल खेलहरु मध्ये भलिबल प्रतियोगितामा आदर्श शौल विद्यालय प्रथम भयो भने छम्पी देबी विद्यालय दोस्रो स्थानमा भयो । त्यस्तै, ब्याडमिन्टन प्रतियोगितातर्फ त्रिरत्न सहकारी विद्यालय प्रथम भयो भने छम्पी देबी मा.वि दोस्रो भयो ।

ग्लोबल एक्सन नेपालको आयोजना तथा स्थानीय युवा क्लबसँगको समन्वयमा प्रतियोगिता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment