+

सन्दिप चम्किएको खेलमा दिल्लीको जित, मुम्बई आईपीएलबाट आउट

२०७५ जेठ  ६ गते २०:२६ २०७५ जेठ ६ गते २०:२६
सन्दिप चम्किएको खेलमा दिल्लीको जित, मुम्बई आईपीएलबाट आउट

६ जेठ, काठमाडौं । सन्दिप लामिछानेले तीन विकेट लिएको खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हराउँदै दिल्ली डेयरडेभिल्सले आईपीएलको सुखद अन्त्य गरेको छ ।

यो हारसँगै मुम्बई प्ले अफमा पुग्न असफल रहृयो ।

दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । मुम्बईलाई सस्तैमा समेट्ने क्रममा सन्दिपसँगै अमित मिश्राले समान ३-३ विकेट लिएका थिए ।

दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए ।

१७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले सूर्यकुमार यादवलाई आउट गरेका थिए ।

१० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् । त्यसपछिका ओभरमा भने उनले विकेट लिन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

आईपीएल क्रिकेट नेपाल सन्दिप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय