Comments Add Comment

अनाथ असहाय बाल सुधार संघलाई सहयोग

८ जेठ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौं बुढानिलकण्ठ नगरपालिकास्थित नेपालमा भएका अनाथ असहाय बाल सुधार संघलाई ७५ हजार मूल्य बराबरको ५ थान २ तले खाट प्रदान गरेको छ ।

आफ्नो पच्चीसौं वाषिर्कोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त बाल सुधार संघलाई सो खाट उपलब्ध गराएको हो ।

बैंकले उक्त बाल सुधार संघमा आश्रय लिएका विभिन्न उमेर समुहका बालबालिकाहरुलाई सुत्नका लागि उपयोगी हुने छन् ।

एक कार्यक्रमका बिचमा बैंकका महाप्रबन्धक सुशिल जोशीले बैंकका वरिष्ठ अधिकृतहरुको उपस्थिति उक्त खाटहरु बाल सुधार संगका अध्यक्ष प्रकाश कुमार नेपालीलाई हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment