Comments Add Comment

किमसँगको वार्ता निर्धारित मितिमै नहुन सक्छः ट्रम्प


९ जेठ, काठमाडौं । अमेरिका र उत्तर कोरियाबीच तय भएको शिखर बैठकबारे अन्योलता देखापरिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारित मितिमा वार्ता हुनेमा शंका व्यक्त गरेका छन् ।

यसअघि ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच १२ जुनमा सिंगापुरमा भेटवार्ता गर्ने तय भएको थियो । तर एकपक्षीय रुपमा निःशस्त्रीकरण गर्न शर्त राखिएको भन्दै उत्तर कोरियाले वार्तामा बस्न असन्तुष्टि जनाउँदै आइरहेको छ ।

यही अन्यौलताको बीचमा ट्रम्पले उत्तर कोरियाले शर्तहरु पूरा नगरे अर्को महिना हुने भनिएको शिखर वार्ता नहुने बताएका हुन् ।

तथापि, अमेरिका र उत्तरकोरियाको द्वन्द्व मिलाउन मध्यस्थकर्ताको भूमिकामा देखिएका दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन प्रयासरत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । बीबीसीका अनुसार, मुनले यही मामलामा ट्रम्पलाई भेटेका छन् । यो भेटका क्रममा शिखर बैठकका छलफलका एजेण्डा तय हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment