Comments Add Comment

लिभरपुल र स्ट्यान्डर्ड चार्टर्डबीच ४ वर्ष सम्झौता थप


१० जेठ, काठमाडौं । इंग्लिस फुटबल क्लब लिभरपुलले आउँदो चार वर्षका लागि मुख्य प्रायोजकका रुपमा स्ट्यान्डर्ड चार्टर्डसँग सम्झौता थप गरेको छ ।

सम्झौता अनुरुप सन् २०२२/२३ को सिजनसम्म लिभरपुलको जर्सी अगाडि स्ट्यान्डर्ड चार्टर्डको नाम रहनेछ ।

पहिलो पटक सन् २०१० जुलाईमा लिभरपुलले स्ट्यान्डर्ड चार्टर्डसँग मुख्य प्रायोजकका रुपमा सम्झौता गरेको थियो । त्यसपछि सन् २०१३ र २०१५ मा पनि सम्झौताको समय थप गरिएको थियो ।

सम्झौता अनुरुप लिभरपुलले कति रकम पाउने भन्ने विषय भने गोप्य राखिएको छ ।

इंग्लिस प्रिमियर लिग र लिभरपुल क्लबका समर्थक विश्वभर रहेको र उनीहरुसँग रहँदा सबैसम्म पुग्न सजिलो हुने भएकाले सम्झौता थप गरिएको स्ट्यान्डर्ड चार्टर्डका कार्यकारी निर्देशक सिमोन कुटनरले जनाएका छन् ।

लिभरपुलका प्रबन्ध निर्देशक बिलि होगनले पनि थप चार वर्षका लागि स्ट्यान्डर्ड चार्टर्डसँग सम्झौता बढाउँदा खुशी लागेको र यसले विश्वभरका समर्थक माझ सँगै काम गर्ने वातावरण दिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment