Comments Add Comment

च्याम्पियन्स लिगको उपाधिमा रियल मड्रिडको हृयाट्रिक


१३ जेठ, काठमाडौं । ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधिमा हृयाट्रिक गरेको छ । यो उसको १३ औं तथा पछिल्लो पाँच सिजनमा चौथो उपाधि पनि हो

शनिबार राति भएको खेलमा लिभरपुललाई ३-१ ले हराउँदै मड्रिड लगातार तेस्रो पटक युरोपियन च्याम्पियन बन्यो ।

किभमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका बेलको प्रदर्शन ‘म्याच विनिङ’ रहृयो । उनका दुई मध्ये ओभर हेड किकमार्फत गरेको गोल त युरोपियन फुटबलका उत्कृष्ट मध्ये एक मानिएको छ ।

सलाहले रुँदै मैदान छाडे

लिभरपुलको युरोपियन उपाधि सपनाका प्रमुख हतियार थिए मोहम्मद सलाह । सलाह, माने र फिर्मिनोको प्रदर्शनका कारण सुरुवातमा लिभरपुल केही दबावमा देखिएको पनि थियो ।

तर, चोटका कारण खेलको ३० औं मिनेटमा नै उनले रुँदै मैदान छाड्नु पर्‍यो । यो लिभरपुलका समर्थकका लागि पनि च्याम्पियन्स लिगको उपाधिको सपनामा धक्का थियो ।

यद्यपि पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

खेलको ५१ औं मिनेटमा करिम बेन्जिमाले रियललाई अग्रता दिलाए । लिभरपुलका गोलकिपर लोरिसले फालेको बललार्इ रोक्दै उनले गोल गरेका थिए ।

तर, चार मिनेटपछि नै लिभरपुलका मानेले अप्रत्यासित रूपमा बराबरी गोल फर्काएका थिए ।

बेलको म्याच विनिङ प्रदर्शन

खेलको ६१ औं मिनेटमा इस्कोको ठाउँमा मैदान प्रवेश गरेका बेलको प्रदर्शन  उत्कृष्ट रह्यो । मैदान प्रवेश गरेको तीन मिनेटपछि नै उनले रियललाई अग्रता दिलाए । ओभर हेड किकमार्फत गरेको उनको यो गोल युरोपियन फुटबलका उत्कृष्ट मध्ये एक मानिएको छ ।

खेलको खेलको ८३ औं मिनेटमा लिभरपुलका गोलकिपरक गल्तीमा बेलले दोस्रो गोल गर्दै रियलका लागि उपाधि पक्का गरे ।

बेल म्यान अफ दि म्याच बने ।

खेलमा लिभरपुलका गोलरक्षक लोरिसको प्रदर्शन विर्सनलायक रहृयो । बेन्जिमा र बेलको दोस्रो गोल उनकै गल्तीका कारण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment