
१३ जेठ, धनगढी । कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लाख रुपैयाँ लुटपाट भएको छ ।
आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी-३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि पुरानो भन्सार रोडमा गोली प्रहार भएको हो ।
बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले गाेली प्रहार गरी उनको साथमा रहेको रकम लुटेर भागेकाे प्रत्यक्षदर्शीले बताएका छन् ।
छाती र पाखुरामा २ गोली लागेर घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली शरीरमै रहेकाले थप उपचारका लागि बाहिर लैजाने तयारी गरिएको छ ।
भारतसँग सीमा नाका जोडिएका स्थानलाई सिल गरेर गोली हान्नेको खोजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4