Comments Add Comment

सुन तस्करीका मुख्य अभियुक्त गोरे जेल चलान

१३ जेठ, बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई जेल चलान गरिएको छ ।

न्यायाधिश नारायणप्रसाद शर्माको इजलासले उनलाई जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनलार्इ बयानपछि पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत, मोरङले जनाएकाे छ ।

गोरेलाई अदालतमा पेश भएको सबुत प्रमाणका आधारमा संगठित अपराध निवारण ऐन, २०७० र मुलुक ऐनमा भएको व्यवस्थाको आधारमा कारागार कार्यालय, मोरङ पठाइएको जिल्ला अदालत, मोरङका निमित्त श्रेस्तेदार केदारप्रसा गौतमले बताए ।

उनी गत ८ जेठमा काठमाडाैंबाट पक्राउ परेका थिए । यसअघि बयान दिँदै गोरेले उर्लाबारीका सनम शाक्यको हत्या आफूले नगरेको दाबी गरेका थिए ।  जिल्ला अदालत मोरङमा बयान दिने क्रममा उनले आफूले सामान्य केरकार गर्न मात्रै भनेको दाबी गरेका हुन् ।

‘त्यस दिन मैले सनमलाई आराम गराउन भनेको थिएँ । तर, गाडीभित्र टेकराज मल्लले करेन्ट लगाई चरम यातना दिएछन्’, गोरेले बयानमा भनेका छन्, ‘कुटाई र करेन्टको यातनाले गर्दा सनमको मृत्यु भएको हो । सनमलाई नरेन्द्र कार्की, लाक्पा शेर्पा, टुकबहादुर, सुरेन्द्र र टेकबहादुर मल्लले कर्तव्य गरी मारेका हुन् ।’

यो पनि पढ्नुस् 

सनम हत्याबारे गोरेको बयान- सामान्य केरकार गर्नु भनेको थिएँ, करेन्ट लगाएछन्

गोरेको बयान : म त सामान्य हुँ, सुन तस्करीमा प्रहरी र ठूला नेताकै मिलेमतो छ

गोरे भन्छन्– तस्करीको कमाइ मासिसकेँ, डलर कार्ड प्रयोग गरेको हुनसक्छः प्रहरी

एक किलो सुन पास गराउँदा ५० हजार लिन्थे एसएसपी श्याम खत्री !

प्रहरीसँग ‘२ करोडको डिल’ भएपछि कोलकता भागेँ : गोरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment