Comments Add Comment

गुल्मीमा कैदीलाई सिलाइकटाइ तालिम

१४ जेठ, गुल्मी । जिल्ला कारागार गुल्मीका कैदीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ ।

जिल्ला कारागार गुल्मीको आयोजनामा कारागारमा रहेका पुरुष बन्दीहरुको लागि एक महिने सिलाइकटाइ तालिम सुरु गरिएको हो ।

कारागार गुल्मीको आर्थिक सहयोगमा १० जना पुरुष बन्दीहरुको लागि तालिम राखिएको जिल्ला कारागार गुल्मीका प्रमुख गोपालप्रसाद पाण्डेयले जानकारी दिए ।

बन्दी जीवन बिताउनेहरुलाई सीप मुलक तालिम दिएर दक्ष ब्यक्ति बनाउने उदेश्यले कारागार गुल्मीबाट ५० हजार आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको पाण्डेयले बताए ।

एक महिने तालिमको जिल्लाका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले लगनशिल भएर सिप आर्जन गर्न आग्रह गरे ।

उनले सीप र काम हुँनेहरुसँग सबै डराउने भएकाले यहाँ सिकेका ज्ञान उपलब्धी मुलक ढंगले सिक्न आग्रह गरे ।

बन्दी जीवन केवल बन्द रहन नभएर सिक्ने अबरका रुपमा मनन गरेर सीप आर्जन गर्न आग्रह गरेका थिए । सीप हुने ब्यक्ति कहिल्यै पछाडी पर्नुपर्ने अबस्था नआउने भएकाले लगनशिलता भएर सीप आर्जन गर्न प्रजिअ शर्माको आग्रह थियो । सोही अबसरमा प्रजिअ शर्माले कैदी बन्दीलाई एक थान भलिवल र जाली प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment