Comments Add Comment

भन्सार महशुल वृद्धिले अटो व्यवसायमा प्रभाव पर्छः नाडा

१७ जेठ, काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले ठूला सीसीको सवारीमा अत्यधिक मात्रा गरिएको भन्सार महशुलल वृद्धिले अटो व्यवसायमा प्रभाव पर्ने बताएको छ । यसलाई सरकारले मनन गर्नुपर्ने विज्ञप्ति जारुरी गरेर संघले जनाएको छ ।

बजेटले १००० सीसीसम्मका गाडी र १५० सीसीसम्मका मोटरसाइकललाई जनताको साधनको रुपमा लिई महशुल नबढाइएको ठम्याइ नाडको छ ।

नडाका अध्यक्ष शम्भुप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा सरकारले आशिंक रुपमा भए पनि सवारी साधन विलासिताको बस्तु होइन भनि स्वीकारेको उल्ल्ेख छ । जसलाई नाडाले सकारात्मकतातर्फको कदमका रुपमा लिएको छ ।

थर, सवारी साधनहरुमा लगाइएको अत्यधिक महशुलको कारणले सरकारको राजश्व प्राप्तिमा मात्र नभएर त्यसको व्यवसायमा समेत पर्ने गम्भिर नकारात्मक प्रभावलाई पनि सरकारले उत्तिकै मनन गर्नु पर्ने संघको भनाइ छ ।

‘बजेटले सवारी साधनको करमा केही सुधारको प्रयास गरेको छ । हामी सवारी साधनको कर निर्धारणमा नयाँ संरचना तयार भएकोमा स्वागत नै गर्छौं । सवारी साधनको सीसीका आधारमा कर निर्धारण वैज्ञानिक नै मान्छौं । तर यो संरचनाले राज्यको ढुकुटीमा महत्वपूर्ण योगदान दिने सवारी साधनको बिक्रीमा प्रतिकुल असर पर्नसक्ने सम्भावना पनि उत्तिकै देखेका छौं ,’विज्ञप्तिमा भनिएको छ,’हामीले सवारी साधनलाई मुलुक विकासको मानकको रुपमा लिन्छौं सँगसँगै मुलुक विकासको महत्वपूर्ण कडीको रुपमा पनि । त्यसैले मुलुकको राजस्व मै प्रतिकुल प्रभाव पर्ने अवस्था आउन नदिन हामी र सरकारबीच सहकार्य आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment