
१२ फागुन, काठमाडौं । गत शुक्रबारबाट सुरु भएको महिन्द्राका भेहिकलहरुको एकल लाईफस्टाईल अटो शो ‘महिन्द्रा उदय’ आइतबार बेलुका समापन भएको छ ।
अवलोकनकर्ताको निकै उल्लेख्य सहभागिता रहेको उक्त मेलामा कम्पनीले आफ्ना सबै ३० भन्दा बढी भेहिकल प्रदर्शनीमा राखेको थियो ।
उक्त मेलामा महिन्द्राका पछिल्लो उत्पादन कम्प्याक एसयूभी एक्सयूभी ३०० तथा एमपीभी मराजोसँगै अन्य ४ नयाँ मोडल सार्वजनिक गरेको थियो ।
‘नेपालमै पहिलो पटक भएको बृहत् एकल ब्रान्डको प्रदर्शनीमा जसरी अवलोकनकर्ता आउनु भयो, ब्रान्ड, गाडी, म्युजिक र खानाको स्वादसँग रमाउनु भयो यसले हाम्रो मेलानिकै सफताका साथ पुरा भएको छ’, महिन्द्राको आधिकारीक वितरक अग्नीइन्-कर्पोरेटका मार्केटिङ म्यानेजर सिजन न्यौपानेले भने ।
यो प्रदर्शनीमा बिक्री भन्दा पनि महिन्द्राको सबै रेन्ज तथा महिन्द्रा के हो भन्ने कुरामा फोकस गरिएको थियो । मेलामा एसयूभीहरु, इलेक्ट्रीक भेहिकलहरु, दुईपाङ्ग्रेमा मोटरसाईकल तथा स्कुटर, हेभी इक्युपमेन्टहरु, कृषिमा प्रयोग हुने ट्रायाक्टरहरु, जेनेरेटरका साथै हेवी तथा लाईट कमर्शियल भेहिकलहरुमा अबलोकनकर्ताले निकै चासो देखाएका थिए ।
मेला अवधिभर नयाँदुई गाडी मराजो र एक्स्यूभी-३०० मा धेरैले चासो देखाएका थिए । महिन्ऽाका लागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्ऽा एन्ड महिन्द्रा लिमिटेडले संयूक्तरुपमा यो लाइफस्टाइल एन्ड अटो शो को आयोजना गरेको हो ।
प्रतिक्रिया 4