Comments Add Comment

अप्रिलिया र गल्फ मोटोजीपी रेसमा

१६ फागुन, काठमाडाैं । यस वर्षको मोजीपी रेसीङ सिजनको सुरु मार्च १०का दिन कतारबाट हुने भएको छ ।

उक्त रेस देखी पियोजियो ग्रुपको अप्रिलिया रेसिङ टिमसँग अन्तर्राष्ट्रिय साझेदारका ग्लोबल लुब्रिकेन्ट आइकन गल्फ लुब्रिकेन्टले आउने धेरै वर्षको निमित्त पार्टनरसिप सम्झौता गरेको छ । मोटोजीपी अन्तराष्ट्रिय रुपमै ख्यातीप्राप्त र विश्वकै लोकप्रिय बाईक रेस हो ।

कतिपय अवस्थामा मोटोजीपीलाई सर्वमान्यरुपमा रेसिङ बाईकहरुको क्षमता र गुणस्तरियता मापन गर्ने रेसको रुपमा लिईन्छ ।

मोटाजीपी रेसिङको यसवर्षको सिजनमा पाँच महादेशमा १९ चरणको रेस हुनेछ । यस बाइक रेसिङमा बाईकको सवै महत्वपुर्ण पार्टस, टायर, लुब्रिकेन्टस् र चालकको क्षमता र गुणस्तरियताको मापन हुन्छ ।

फ्यूल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रि«यल सेक्टर सम्मका उत्पादनहरु उपलब्ध गराउछ ।

पियाजियो ग्रुप अन्तर्गत भेस्पा, अप्रिलिया, गिलेरा र मोटोगुजीका साथै पियोजियो ब्रान्ड पर्छन ।

अप्रिलिया तथा गल्फले मोटोजिपि मोटरबाइक रेसिङको लागि सम्झौता पश्चात अप्रिलिया रेसिङ टिमसँगै गल्फको उपस्थिति हुने छ ।

२०१९ मा हुने मोटो जिपि रेसमा अप्रिलियाले आफूलाई विशेष रुपमा केन्द्रीत गरेको छ । यसको लागि कम्पनीले नयाँ कार्यकारी अधिकृत समेत नियुक्ती गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment