+
+

विकास फ्लोर मिललाई “उत्कृष्ट स्वच्छ र गुणस्तरीय खाद्य उद्योग” अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २५ गते १२:४३


२५ जेठ, काठमाडौं । लोकपि्रय ब्रान्डहरु ज्ञान चक्की आटा, ज्ञान मैदा, ज्ञान लिटोहरु उत्पादन गर्ने के.एल. दुगड ग्रुप अन्तर्गतको कम्पनी बिकास फ्लोर मिल प्रालिलाई उत्कृष्ट गुणस्तरीय खाद्य उद्योग अवार्ड प्रदान गरिएको छ ।

दशौँ राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७५ को अवसर पारेर कृषी, भुमी ब्यबस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको खाद्य प्रबिधी तथा गुणनियन्त्रण बिभागले सम्मान गरेको छ ।

कम्पनीका उत्पादनहरु मानव स्वाथ्यको लागि निकै उत्कृष्ट रहेको भन्दै नेपाल सरकारले स्वछ र गुणस्तरीय खाद्य पदार्थहरु उत्पादन गर्ने ठुला तथा मझौला उद्योगहरु मध्ये उत्कृष्ट उद्योगको रुपमा बिभागले सम्मान गरेको हो ।

उक्त अबसरमा के.एल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले भने ‘विगत ३ दसक देखि हामी नेपाली बजारमा उत्कृष्ट खाद्य बस्तुहरु उत्पादन र बिक्री वितरण गर्दै आएका छौं । हाम्रो मुख्य उद्देश्य भनेकै गुणस्तरीय खाद्य सामग्री उत्पादन गर्दै उपभोक्ताको स्वास्थ्य र स्वादमा सदैब समर्पित हुनु हो । हाम्रा उत्पादनमा उपभोक्ताको विस्वास छ र त हामी गुणस्तरिय बस्तु उत्पादनमा सदैब छौँ । भोलिका दिनमा पनि हामी हाम्रो उत्पादनहरुको गुणस्तरमा कुनै सम्झौंता गर्ने छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?