Comments Add Comment

ट्युनिसिया

फिफा वरियतामा १४ औँ स्थानमा रहेको ट्युनिसियाको यो पाँचौ विश्वकप हो । सन् १९७८ मा पहिलो विश्वकप खेलेको ट्युनिसियाले सन् १९९८, २००२ र २००६ को विश्वकपमा पनि सहभागिता जनाएको थियो ।

१२ वर्षपछि विश्वकपमा फर्किएको ट्युनिसिया यसअघि समूह चरणबाट माथि जान सकेको छैन ।

सन् १९७८ को विश्वकपमा मेक्सिकोलाई ३-१ ले हराएपछि ट्युनिसियाले कुनै खेल जित्न सकेको छैन । विश्वकपमा खेलेका १२ खेलमा ट्युनिसियाले एक खेलमा जित, चार खेलमा बराबरी गरेको छ । सात खेलमा ट्युनिसिया पराजित भएको छ ।

यसपटक भने युवा खेलाडीको वर्चस्व रहेको ट्युनिसियाले समूह चरणमा कडा चुनौती प्रस्तुत गर्ने अनुमान गरिएको छ ।

को खेलाडी कुन क्लबबाट ?

गोलकिपर

फारुक बेन मुस्तफा – अल सहबाब
मोयुज हसन – निसे
अमेन म्याथलोथी – अल बाटेन

डिफेन्डर

रामी बेडोइ – एटोली डु सहेल
योहन बेनालाउने – लिसेस्टर
सायम बेन युसुफ – कसिमपासा
डेलन ब्रुन – जेन्ट
ओसामा हडाडी – डिजोन
अलि मालोल – अल एली
यासिने मेरिया – सीएस साफजेन
हाम्दी नाग्युज – जमालेक

मिडफिल्डर

वाहबी खाजरी – रेन्नेस
एन्सी बाड्री – एस्पेरेन्स
मोहमेद अमिन बेन अमोर – इटोली स्पोर्टिभ डु साहेल
फेर्जानी ससी – अल नास्र
एलयस सखिरी – मोन्टेपिलियर

फरवार्ड

साइफेडिने खाओइ – मार्सेली
फकरदिने बेन युसुफ – अल इतिफाक
सबेर खलिफा – क्लब अपि|mकन
बसेम स्राफिर् – निसे
नइम स्लिटि – लिले
अहमद खाली – क्लब अपि|mकन
ग्यालेन चालेली – एस्पेरेन्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment