Comments Add Comment

फ्रान्स

फिफा वरियतामा सातौँ स्थानमा रहेको फ्रान्स विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको समूह ‘ए’ को विजेता बनेर विश्वकपमा पुगेको हो ।

फ्रान्स सन् १९९४ यताका सबै विश्वकपमा सहभागी हुँदै आएको छ । अहिलेसम्म १४ पटक विश्वकप खेलेको फ्रान्स गएको विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो ।

फ्रान्स दुई पटक फाइनलसम्म र पाँच पटक सेमिफाइनलसम्म पुगेको छ । प|mान्स यसपटक २० वर्षपछि उपाधि फर्काउने लयमा देखिएको छ ।

फ्रान्स टिम समग्रमा बलियो टिम हो । टिममा सबैजसो स्टार खेलाडी छन् । सबै खेलाडी विश्वका शीर्ष लिगका क्लबमा आबद्ध छन् । गएको वर्षको जुन ९ मा भएको खेलमा ओलिभर जिरउडको सुन्दर गोलबाट स्वीडेनलाई २-१ ले हराएर प|mान्सले विश्वकपमा स्थान बनाएको हो ।

को खेलाडी कुन क्लबमा ?

गोलकिपर

हृयुगो लोरिस – टोटनहृयाम
स्टीभ मन्डन्डा – मार्सेइली
एल्फन्सो एरोला – पेरिस सेन्ट जर्मेन

डिफेन्डर

लुकास हर्नान्डेज – एथ्लेटिको मडि्रड
प्रेसनल किमपेम्बे – पेरिस सेन्ट जर्मेन
बेन्जामिन मेन्डी – म्यानचेस्टर सिटी
बेन्जामिन पभार्द – स्टुटगार्ट
अदिल रामी – मार्सेइली
दिवब्रिल सिदिबे – मोनाको
स्यामुअल उमटिटी – बार्सिलोना
राफेल भराने – रियल मड्रिड

मिडफिल्डर

एन्जेलो कान्टे – चेल्सी
ब्लेस माटुडी – युभेन्टस
स्टेभेन जोन्जी – सेभिल्ला
पौल पोग्बा – म्यानचेस्टर युनाइटेड
कोरेन्टिन टोलिसो – बायर्न म्युनिख

फरवार्ड

उसमान डेम्बेले – बार्सिलोना
नबिल फेकिर – लायन
ओलिभर जिरोउड – चेल्सी
एन्टोनियो गि्रजम्यान – एथ्लेटिको मडि्रड
थोमस लेमर – मोनाको
केलियन एमबाप्पे – पेरिस सेन्ट जर्मेन
ˆलोरिन थोविन – मार्सेइली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

डेनमार्क

Advertisment