२७ वैशाख, काठमाडौं । फिफाले महिला विश्वकपको फर्म्याटमा परिवर्तन गर्दै सन् २०३१ को संस्करणदेखि सहभागी टोलीको संख्या ३२ बाट बढाएर ४८ बनाउने निर्णय गरेको छ।
यो परिवर्तनले थप देशलाई सहभागी हुन र आफ्ना महिला फुटबल संरचना विकास गर्न सहयोग पुर्याउने फिफाको भनाइ छ।
फिफा काउन्सिलले यो ढाँचालाई सन् २०३५ को संस्करणमा पनि लागू गरिने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ। २०३५ को प्रतियोगिता बेलायतले आयोजना गर्नेछ, जहाँ इङ्ग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्थर्न आयरल्याण्डले घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन्।
नयाँ फर्म्याटअनुसार प्रतियोगिता १२ समूहमा विभाजित हुनेछ, र खेल संख्या ६४ बाट बढेर १०४ पुग्नेछ। यसले प्रतियोगिता एक हप्ता लामो बनाउनेछ।
सन् २०२३ को महिला विश्वकपमा इङ्ग्ल्याण्डले फाइनलमा स्थान बनाएको थियो तर स्पेनसँग हार्न पुग्यो। अहिलेसम्म कुनै पनि बेलायती टोलीले महिला विश्वकप जित्न सकेको छैन।
प्रतिक्रिया 4