Comments Add Comment

६ पटकको च्याम्पियनलाई हराउँदै बंगलादेशले जित्यो उपाधि

२७ जेठ, काठमाडौं । ६ पटकको च्याम्पियन भारतलाई हराउँदै एसिया कप महिला टी-२० क्रिकेटको उपाधि बंगलादेशले जितेको छ ।

आइतबार भएको फाइनलमा बंगलादेशले भारतलाई ३ विकेटले हराएको हो । २००४ बाट सुरु भएको एसिया कप भारतको महिला टोलीले ६ पटक जितेको थियो ।

तर, मलेसियाको क्वालालम्पुरमा भएको फाइनल भिडन्तमा बंगलादेशले भारतलाई हराएको छ ।

पहिले ब्याटिङ गरेको भारचले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन बनायो । उसका लागि मर्हनपि्रत कौर एक्लैले ४२ बलमा ५६ रनको महत्वपूर्ण पारी खेलिन् ।

जवाफमा बंगलादेशले ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि निगर सुल्तानाले २७ रन बनाइन् भने रुमाना अहमदले २३ रनको योगदान दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment