बिहीबार, ३१ साउन, २०७५
OnlineKhabar.com
Suzuki

ट्रम्प र किमबीच ऐतिहासिक वार्ता, केके भयो सहमति ?

Suzuki
अनलाइनखबर

२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने विषयमा काम गर्दै जाने सहमति भएको छ ।

मंगलबार भएको वार्तामा दुई नेताबीच यस्तो सहमति भएको हो । उत्तर कोरियाले निशस्त्रीकरण प्रक्रिया सुरु गरेवापत अमेरिकाले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी लिने भएको छ ।

‘राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको सुरक्षा ग्यारेन्टीको जिम्मा लिनुभएको छ, नेता किम जोङ उनले कोरियाली प्रायद्विपमा निशस्त्रीकरण गर्न आफ्नो प्रतिवद्धता दोहोर्‍याउनुभयो’ विज्ञप्तिमा भनिएको छ ।

ट्रम्पले आफूले छिटो भन्दा छिटो निशस्त्रीकरण गर्ने प्रक्रिया सुरु हुने अपेक्षा गरेको बताएका अमेरिकी राज्यमन्त्री माइक पेम्पोले बताएका छन् । उत्तर कोरियाले भने  सम्भव भएसम्म चाँडै गर्ने जवाफ दिएका छन् ।

राजनीतिक विश्लेषकहरुले भने शिखर वार्तामा ठोस सहमति हुन नसकेको बताएका छन् ।

दुईदेशबीच भएको सहमतिको बुँदा हेर्नुस्

१. शान्ति र समृद्धिको लागि दुवै देशको जनताको चाहना अनुसार संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया -उत्तर कोरिया) दुई देशबीच नयाा सम्बन्ध स्थापनाको लागि प्रतिबद्ध छन् ।

२. अमेरिका र उत्तरकोरिया दुवैले कोरियाली प्रायद्विपमा एक स्थिर र शान्त व्यवस्थाको निमार्णको लागि आ-आफ्नो तर्फबाट प्रयास गर्नेछन् ।

३. अप्रिल २७, २०१८ को ‘पान्मुनजोम सम्झौता’लाई पुनःपुष्टि गर्दै उत्तर कोरिया कोरियाली प्रायद्विपको सम्पूर्ण निशस्त्रिकरणको लागि काम गर्न प्रतिबद्ध छ ।

४. संयुक्त राज्य अमेरिका र उत्तर कोरिया युद्धबन्दीहरु र हराएकाहरुको खोजीमा प्रतिबद्ध छ र पहिचान भैसकेकाहरु युद्धबन्दीहरुलाई तुरुन्तै आ-आफ्नो देश फर्काइने छ ।

२०७५ जेठ २९ गते २१:०९ मा प्रकाशित (२०७५ जेठ ३० गते ९:४९मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this