Comments Add Comment

कावासोतीमा दुई ट्रक ठोक्किँदा एक जनाको मृत्यु

Photo Credit : रामकुमार श्रेष्ठ/अनलाइनखबर

३ चैत, नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा दुईवटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

कावासोतीको खरकट्टा जंगलमा आइतबार बिहान दुई बजेतिर ना ७ ख १०९९ र ना ६ ख ११९४ नम्बरको ट्रक ठोक्किँदा दाङ घर भएका अनराम राखलको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा दाङकै सुदिप राई र विनोद लामा गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ ।

राखलको शवलाई पोस्टमार्टमका लागि दुम्कौली स्वास्थ्य केन्द्र देवचुलीमा पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment