+
+
Shares

गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ३ गते २०:५०

३ चैत, काठमाडौं । भारत गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएको छ । पाङक्रिएटिकको क्यान्सरबाट पीडित पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको हो ।

उनले अमेरिकाका साथै दिल्लीको एम्स र मुम्बईको एक निजी अस्पतालमा उपचार गरेका थिए ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले ट्वीट गर्दै पर्रिकरको निधन भएको जानकारी दिएका हुन् ।

मनोहर पर्रिकर मोदी सरकारमा भारतका रक्षामन्त्री भएका थिए । तर, रक्षामन्त्रीबाट राजीनाम दिएर १४ मार्च २०१७ मा चौथो पटक गोवाको मुख्यमन्त्री बने । यसअघि २००० देखि २००२, २००२ देखि २००५ र २०१२ देखि २०१४ सम्म उनी गोवाका मुख्यमन्त्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?