Comments Add Comment

‘आई लभ किड्स’: प्रियंका कार्की


नायिका प्रियंका कार्की बच्चाहरुसँग निकै घुलमिल हुन्छिन् । आफ्नो भाई दिकेश मल्होत्राकी छोरीसँग रमाइरहेको तस्बिर उनले हालै सामाजिक सञ्जालमा सेयर गरिन् ।

हामीले उनलाई सोध्यौ-‘के तपाइलाई पनि आमा बन्न मन लागेको हो ?’ प्रियंकाले भनिन्-‘बच्चा खेलाउँदैमा आमा नै बन्न मन लागेको हुँदैन । तर, मलाई बच्चाहरु निकै मनपर्छन् ।’

आफूलाई सानैदेखि बच्चा मन पर्ने र देख्ने वित्तिकै आकषिर्त हुने प्रियंकाले बताइन् । उनले भनिन्-‘आई लभ किड्स’ ।सन् २००५ मा ‘मिस टिन’ भएपछि अमेरिका गएकी प्रियंकाले उतै बिहे पनि गरिन् । तर, बिहे भएको कही समयमै डिभोर्स भयो र उनी नेपाल आइन् ।

प्रियंका अहिले नायक आयुष्मान देशराज जोशीसँग प्रेममा छिन् । उनीहरुले तत्काल बिहेको योजना भने बनाएका छैनन् । तर, प्रियंकाको तस्बिर हेर्दा उनलाई बच्चाको तिर्सना बढिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment