Comments Add Comment

स्लो ह्याण्ड क्लापप्रति आइसल्याण्डका प्रशिक्षकको घृणा

काठमाडौं । आइसल्याण्ड युरोपकपमा सनसनीपूर्ण प्रदर्शनका कारण मात्र होइन, स्लो ह्याण्ड क्लाप सेलिब्रेसनका कारण पनि चर्चामा आयो । तर, प्रशिक्षक हेमिर हलग्रिनसेनले भने रुस विश्वकपमा यो सेलिब्रेसन नहोस् भन्ने चाहेका छन् ।

समूह डीमा रहेको आइसल्याण्डले शनिबार अर्जेन्टिनासँग खेल्दै विश्वकप यात्रा थाल्नेछ । ‘अब म घृषा गर्छु’ उनले भनेका छन्, ‘यो कुनै बेला राम्रो थियो । तर, अहिले तपाई जब सडकमा पुग्नुहुन्छ, भिडले ह्याण्ड क्लाप सुरु गर्छ ।’

अब आइसल्याण्ड सेलिब्रेसनका लागि नयाँ शैली खोज्नु पर्ने मत उनको छ । तर, मैदानमा भने आफ्नो टोलीको प्रदर्शनमा युरो कपमा भन्दा फरक नहुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment