Comments Add Comment

डेनिस जाकारिया

डेनिस जाकारियाले बुण्डेस लिगामा ब्रोसिया मोन्चेनग्लाडबच क्लबमा जे गरे, त्यो सबैले देखेकै छन् । उनको खेलको हाइट्लाइट्स मात्रै हेर्ने हो भने पनि फुटबल कला बुझ्न सकिन्छ ।

डिफेन्सिभ मिडफिल्डबाट खेल्ने २१ वर्षका उनले सन् २०१७/१८ मा बुण्डेस लिगाको ३३ खेलमा दुई गोल गरेका छन् ।

तीन गोलका लागि अवसर मिलाएका छन् । उनी बुण्डेस लिगाका सर्वाधिक तीब्र खेलाडीको सूचिमा पनि दोस्रो नम्बरमा छन् । साथै उत्कृष्ट पास मिलाउनेको सूचिमा पनि उनी अगाडि नै थिए । उनको एउटा नराम्रो पक्ष अनुशासन हो । उनी खेलमा छिटै रिसाइ हाल्छन् र धेरै नै पहेँलो कार्ड पाउँछन् ।

स्वीट्जरल्याण्ड टिमको पहिलो रोजाइँमा पर्ने उनको सम्भावना प्रबल छ । रसिया विश्वकमा उनले आफूलाई प्रमाणित गर्न सके उनको आगामि खेलसँगै स्वीट्जरल्याण्ड टिमका लागि पनि फाइदा पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment