Comments Add Comment

अर्थमन्त्रीको सांसद पद दुई वर्षमात्र, गृहमन्त्रीलाई ६ वर्षको चिठ्ठा

राष्ट्रियसभामा कसको कार्यकाल कति ? (सूचीसहित)


४ असार, काठमाडौं । गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाइएको छ । संघीय संसद भवनको ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यहरुलाई वर्णानुक्रम चिठ्ठा तान्न लगाइएको थियो ।

जुन सदस्यले जति अंक लेखिएको चिठ्ठा तान्छ, उसको कार्यकाल त्यतिनै वर्ष हुने व्यवस्था छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सांसद पद ६ वर्ष र उपाध्यक्ष शशिकला दाहालको ४ वर्ष कायम भएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद ६ वर्ष र अर्थमन्त्री युवराज खतिवडाको २ वर्ष कायम भएको छ ।

राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा चार वर्षसम्म सांसद हुनेछन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डे र प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल भने दुई वर्ष कायम भएको छ ।

राष्ट्रियसभाका १९ सदस्यको पदावधि २ वर्ष कायम भएको छ । अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट कार्यकाल कायम भएको छ ।

प्रत्येक प्रदेशका ३ महिला सांसदमध्ये एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र १ जनाको ६ वर्ष पदावधि टुंगो लगाइएको छ ।

हेर्नुस् राष्ट्रियसभा सदस्यहरु कसको पदावधि कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment