Comments Add Comment

इन्स्टाग्रामले ल्यायो आफ्नै ‘युट्युब’, एक घण्टाको भिडियो अपलोड गर्न सकिने


फोटो शेयरिङ एप इन्टाग्रामले प्रयोगकर्ताका लागि लामो भिडियोहरु समेत अपलोड गर्न सकिने फिचर सुरु गरेको छ । आइजीटिभी नामक यस फिचर मार्फत अब प्रयोगकर्ताले एक घण्टासम्मको भिडियो इन्स्टाग्राममा पोष्ट गर्न सक्नेछन् । जबकि अहिले इन्स्टाग्राममा अधिकतम १ मिनेटसम्मको मात्र भिडियो क्लिप पोष्ट गर्न सकिन्छ । इन्स्टाग्रामको यो नयाँ फिचरलाई युट्युब सँग तुलना गरिएको छ ।

लामो भिडियोहरु विज्ञापनयुक्त हुने नहुने वा युट्युबमा जस्तै प्रयोगकर्ताले अपलोड गरिएका भिडियोमार्फत भुक्तानी समेत पाउने सम्भावना रहे नरहेको बारेमा पनि केही बताइएको छैन ।

बीबीसीसँगको कुराकानीमा इन्स्टाग्रामका संस्थापक केभिन सिस्ट्रोमले चाहिँ भिडियोबाट पैसा कमाउन सकिने/नसकिने कुरा अहिले नै भनिहाल्न कुनै हतार नभएको बताएका छन् ।

आइजीटिभीले भिडियोलाई पोट्रेट मोडमा देखाउनेछ, जुन मानिसहरुले आफ्नो स्मार्टफोन हेर्ने प्राकृतिक तरिका रहेको दाबी इन्स्टाग्रामको छ ।

विश्लेषकहरुका अनुसार यस नयाँ फिचरले इन्स्टाग्रामलाई सोसल मिडिया उद्योगमा एउटा सशक्त खेलाडीको रुपमा स्थापित गर्न सक्दछ ।

उनी भन्छन्, ‘इन्स्टाग्राममा कस्तो शक्ति छ भन्ने कुरा हामीले देख्न अझै बाँकी छ । अहिले इन्स्टाग्रामबाट अन्य सोसल मिडिया प्लाटफर्मलाई उत्पन्न भैरहेको चुनौतीका विषयमा पर्याप्त बहस भइरहेका छन् ।’

अहिले इन्स्टाग्राममा एक मिनेटसम्मको भिडियो फिड मोडमा अपलोड गर्न सकिन्छ । जबकि २४ घण्टामा एक्सपाएर हुने इन्स्टाग्राम स्टोरिजमा चाहिँ १५ सेकेण्डसम्मको भिडियो क्लिप पोष्ट गर्न सकिन्छ ।

आइजिटिभी के हो ?

यो नयाँ प्लाटफर्म छुट्टै एपको रुपमा तथा प्रयोगकर्ताको इन्स्टाग्रामको होमपेजमा पनि उपलब्ध हुनेछ । अहिलेसम्म इन्स्टाग्राममा मोबाइलबाट मात्र भिडियो पोष्ट गर्न सकिन्थ्यो । आइजिटिभी फिचरपश्चात् चाहिँ डेस्कटपबाटै भिडियो क्लिप पोष्ट गर्न सकिनुका साथै क्लिपको लिंक पनि प्राप्त हुन्छ ।

हरेक इन्स्टाग्राम प्रयोगकर्ताको यूट्युब जस्तै छुट्टै च्यानल हुनेछ । जहाँ भिडियोहरु स्टोर हुनेछन् ।

इस्टाग्राम प्रयोगकर्ताले यो नयाँ फिचर प्राप्त गर्नका लागि एप अपडेट गर्नुपर्नेछ ।

युट्युबमा जस्तै आइजिटिभीले पनि भिडियो पोष्ट गर्नेहरुका लागि केही नियमहरु तय गरेको छ । जसअनुसार प्रयोगकर्ताले हिंसक, नग्न तथा अश्लील, विभेदयुक्त तथा घृणा फैलाउने खालका भिडियो पोष्ट गर्न पाउने छैनन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment