Comments Add Comment

कांग्रेस जिल्ला सभापतिहरुको १९ बुँदे घोषणापत्र, सरकार सर्वसत्तावाद उन्मुख रहेको ठहर

हेटौंडा । १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको भेला सकिएको छ ।

तीन दिनसम्म चलेको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ । साथै सरकारले जनविरोधी चरित्र देखाएको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ

कम्युनिस्ट सरकारले सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओमाथि नियन्त्रणकारी रबैया अपनाएको भन्दै घोषणापत्रमा भनिएको छ, वर्तमान सरकार सर्वसत्तावाद उन्मुख रहेको प्रष्ट छ ।’

जिल्ला सभापतिहरुको भेलाले लोकतान्त्रिक गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

मूल्यबृद्धिबारे प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको र विद्यार्थीहरुको प्रदर्शनमा दमन भएको भन्दै कांग्रेसले यसलाई सरकारको जनविरोधी चरित्र भनेको छ । हेटौंडा घोषणापत्रमा भनिएको छ, कांग्रेस सुर्खेतको जिल्ला कार्यालयमा भचएको प्रहरी हस्तक्षेपको घोर निन्दा गर्दै यस्ता घटना फेरि दोहोरिए सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment