Comments Add Comment

पहिलो हाफमै लुकाकुको दुई गोल, बेल्जियम २ गोलले अघि


९ असार, काठमाडौं । विश्वकप अन्तरगत ट्युनेसियासँगको खेलको पहिलो हाफमा बेल्जियमले ३-१ को अग्रता लिएको छ । बेल्जियमका लुकाकुले दुई गोल गरे ।

कप्तान हाजार्डले छैठौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरुआती अग्रता दिलाए । १६ औं मिनेटमा लुकाकुले गोल गर्दै आग्रता दोब्बर बनाए ।

तर, त्यसको दुई मिनेटपछि नै ट्युनेनियाले गोल फर्कायो । ब्रोनले १८ औं मिनेटमा हेड गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

फेरि पहिलो हाफको अतिरिक्त समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फेरि २ गोलको अग्रता दिलाए ।

लुकाकुले जारी विश्वकपमा ४ गोल गरिसकेका छन् । पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पनि विश्वकपमा ४ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment