Comments Add Comment

मलिनाको ‘ब्याडलक’, चलेन ‘तिमी हुन्छौ जहाँ जहाँ’


नायिका मलिना जोशीको चलचित्र यात्रामा लागिरहेको ‘ब्याडलक’ ‘गुडलक’मा बदलिने छाँटकाँट अझै देखिएको छैन । हिट चलचित्र खोजिरहेकी मलिना अभिनित कुनै पनि चलचित्रले त्यो खालको राहत दिन सकेका छैनन् ।

चलचित्र ‘रानी’ बक्स अफिसमा पूर्ण रुपमा असफल भएपछि मलिनाको आशा ‘तिमी हुन्छौ जहाँ जहाँ’मा अडिएको थियो । हुनत, चलचित्रको प्रचार-प्रसारमा नै चुकेको यसको निर्माणपक्षले सफलता हात पार्ने आशा राख्नु नै बेकार थियो ।

तर, पनि नायिका मलिना जोशीको उपस्थितीले चलचित्रले व्यापार राम्रै गर्ला भन्ने आशा यसको निर्माणपक्षलाई थियो । तर, शुक्रबारदेखि रिलिज भएको यो चलचित्रले बक्स अफिसमा पानी पनि भन्न पाएन ।

नयाँ नेपाली चलचित्र नहुँदा यसले त्यसको फाइदा लिन सक्थ्यो । तर, चलचित्र आएको र गएको नै दर्शकले थाहा पाएनन् । चलचित्रको एउटा गीत औषत चलेको थियो । यो चलचित्र पनि असफल भएपछि मलिनाले सफलताका लागि अझै मिहिनेत गर्नुपर्ने देखिन्छ । आफ्नो कारणले मात्र चलचित्र नचल्ने बताउँदै आएकी मलिना सफल चलचित्र दिन नसक्दा नयाँ फड्को मार्न असफल छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment