Comments Add Comment

साम्राज्ञी भन्छिन्-‘मलाई फरक भूमिकामा अफर नै आएन’


चलचित्र ‘ड्रिम्स’देखि ‘इन्टु मिन्टु लण्डनमा’सम्म आइपुग्दा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको भूमिका र अभिनय शैली उस्तै रहेको गुनासो दर्शकले गर्न थालेका छन् । चलचित्रको पर्दामा रोमान्टिक अवतारमा मात्र सिमित साम्राज्ञीले अब नयाँ खालको कथावस्तु रोज्नुपर्ने दर्शकले बताउन थालेका छन् ।

दर्शकले सधै उस्तै भूमिकामा देख्दा लामो समयसम्म रुचाउँदैनन् । यसैले, साम्राज्ञीले पनि आफ्नो भूमिकालाई परिवर्तन गर्न आवश्यक छ भन्ने टिप्पणी हुनु स्वभाविक नै हो ।

के साम्राज्ञीले आफूलाई फरक भूमिकामा उभ्याउन नखोजेकी नै हुन् त ? पत्रकारको यो प्रश्नमा साम्राज्ञीले भनिन्-‘मलाई त्यस्तो खालको भूमिकाको अफर नै आएको छैन । होइन भने, एउटा कलाकारले सधै नै फरक-फरक भूमिका गर्न चाहन्छ ।’

साम्राज्ञीले आफूलाई त्यस्तो भूमिकाबाट अफर आएको खण्डमा काम गर्न तयार रहेको बताएकी छिन् । यस्तै, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘छक्का पन्जा ३’मा काम नगर्नुको कारणबारे पनि मुख खोलेकी छिन् । उनले भनिन्-‘छक्का पन्जा ३ र इन्टु मिन्टु लण्डनमा’को छायांकन एउटै समयमा परेको थियो । यसैले, मैले त्यो चलचित्रमा काम गर्न सकिनँ ।’

साम्राज्ञीले चलचित्र ‘भैरवी’को कथा आफूले पढेको तर संझौता भने नगरेको बताइन् । १० लाख रुपैयाँ लिएर फिर्ता गरेको भन्ने कुरालाई भने उनले अस्विकार गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment