Comments Add Comment

बालिका बलात्कारमा ६० वर्षीय वृद्धलाई १० वर्ष कैद

२४ असार, विराटनगर । मोरङ सुन्दर हरैचा नगरपालिकाकी आठ बर्षीया बालिका बलात्कार गरेको कसुरमा जिल्ला अदालत मोरङले ६० बर्षीय भीमबहादुर मगरलाई दोषी ठहर गर्दै १० बर्ष कैद सजाय सुनार्एको छ ।

आइतबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सुन्दरहरैंचा ७ का मगरलाई १० बर्ष कैदसंगै पीडितलाई ३० हजार रुपैयाँ क्षतिपुर्ति भराउने फैसला सुनाएको श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

गत वैशाख २ गते मगरले आफ्नै घरमा बोलाएर बालिकामाथि जबरजस्ती करणी गरेका थिए । पीडित परिवारले बैशाख ४ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment