Comments Add Comment

ऐसेलुखर्क गाउँपालिकाको बजेट साढे २८ करोड

२७ असार, खोटाङ । जिल्लाको ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गरेको छ ।

बुधबारको गाउँसभाको बैठकले २८ करोड ५६ लाख ८ हजार ९ सय ८७ रुपैयाँको बजेट पारित गरेको हो । छ ।

गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले नीति तथा कार्यक्रम र उपाध्यक्ष पुष्पकला भुजेलले गाउँसभामा बजेट प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा गाउँपालिकाको केन्द्र ऐसेलुखर्कसम्म केन्द्रीय विद्युत प्रशारण लाइन विस्तार गर्ने, माध्यमिक विद्यालयहरुमा इन्टरनेट पुर्‍याउने, शिक्षा क्षेत्रमा सुधार गर्ने, कर्मचारीहरुको कार्यबोझ एवं कार्यसम्पादनका आधारमा अधिकतम ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने लगायतका विषय समेटिएका छन् ।

गाउँपालिकाको कुल बजेटमध्ये सशर्त अनुदानतर्फ १३ करोड ७० लाख, चालु खर्चतर्फ ४ करोड ५१ लाख एवं पूँजीगत खर्च तर्फका करिब १० करोड बराबरका कार्यक्रमहरु रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताए ।

गाउँपालिकाको आर्थिक ऐन २०७५, विनियोजन ऐन २०७५ र प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ समेत गाउँसभाले पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment