Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment

बजेट खर्च निराशाजनक, विकास खर्च ६० प्रतिशत मात्रै

२८ असार काठमाडौं । आर्थिक वर्ष २०७४/७५ सकिन केहि दिन मात्रै बाँकी रहदा बजेट खर्च अत्यन्तै कम देखिएको छ । चालु आर्थिक वर्षका लागि बिनियोजित कूल बजेटको असार २५ सम्म ७६ दशमलव २० प्रतिशत मात्रै खर्च भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याए पनि बजेट खर्च अझ निराशाजनक देखिएको छ ।

बुधबार मौदि्रक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरञ्जीवि नेपालले असार २५ गतेसम्म कुल बजेटको ७६ दशमलव २० प्रतिशत मात्रै खर्च भएको बताए ।

गभर्नर नेपालले सार्वजनिक गरेको तथ्यांकले पूँजीगत खर्च झनै निराशाजनक भएको देखाएको छ । २०७५ असार २५ गतेसम्म नेपाल सरकारको चालु खर्च वाषिर्क बजेट अनुमानको ८४.२९ प्रतिशत र विकास खर्च ६०.५५ प्रतिशत मात्रै भएको गभर्नर नेपालले बताए ।

राजस्व वाषिर्क अनुमान भने ९३ दशमलव १५ प्रतिशत लक्ष्य हासिल गर्न सरकार सफल भएको गभर्नर नेपालले बताए । सरकारले चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँको राजश्व लक्ष्य लिएको थियो । आर्थिक वर्ष सकिन केहिँदिन मात्रै बाँकी रहेकाले राजश्व पनि लक्ष्य अनुसारको उठ्न नसक्ने देखिन्छ ।

विकास निर्माण कछुवाको गतिमा अघि बढ्दा बजेट खर्च अपेक्षित हुन नसकेको जानकारहरु बताउछन् । चालु आर्थिक वर्षमा ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार पूँजीगत खर्च हुने लक्ष्य लिएको थियो । जसको ६०.५५ प्रतिशत अर्थात हालसम्म २ खर्ब रुपैयाँ पनि सरकारले खर्च गर्न सकेको छैन ।

आर्थिक वर्ष २०७४/७५ मा नेपाल सरकारले परिचालन गरेको कुल आन्तरिक ऋण रु. १४४ अर्ब ७५ करोड र आन्तरिक ऋणको भुक्तानी रु. ३७ अर्ब ५२ करोड रहेको छ ।
यसप्रकार नेपाल सरकारले आर्थिक वर्ष २०७४/७५ मा रु. १०७ अर्ब २३ करोड खुद आन्तरिक ऋण परिचालन गरेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत हुन आउँछ ।

ब्यापार घाटा उच्च

गभर्नर नेपालले चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्ममा व्यापारघाटा १० खर्ब ३२ अर्ब रुपैयाँ पुगेको बताए । यो हालसम्मकै उच्च व्यापारघाटा समेत हो ।

यस अवधिमा ७४ अर्ब ३२ करोड रुपैयाँबराबरको मात्र सामाग्रहीहरु बाहिरी मुलुकमा निर्यात हुँदा ११ खर्ब ६ अर्ब रुपैयाँबराबरको सामाग्रहीहरु विभिन्न मुलुकहरुबाट आयात भएको छ ।

आर्थिक वर्ष २०७४/७५ को एघार महिनामा चालु खाता घाटा समेत उच्च देखिएको छ । यस अवधिमा चालु खाता घाटा २ खर्ब ९ अर्ब २१ करोड रुपैयाँ रहेको गभर्नर नेपालले बताए । जुन कुल गार्हस्थ्य उत्पादनको ७.० प्रतिशत हुन आउँछ ।

समीक्षा अवधिमा नेपाली कामदारले पठाएको विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएको उनले बताए । विप्रेषण आप्रवाहको वृद्धि सामान्य रहेको तर व्यापार घाटा फराकिलो हुँदै गएकोले चालु खाता घाटा उच्च हुन गएको गभर्नर नेपालको भनाई थियो ।

आर्थिक वर्ष २०७४ मा ८२ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति आर्थिक वर्ष २०७४/७५ को एघार महिनामा रु. ४ अर्ब ३४ करोडले घाटामा छ । तथापि बैंकिङ्ग क्षेत्रसँग ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्नका लागि पर्याप्त विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment