Comments Add Comment

बार्सिलोनाले भित्र्यायो फ्रान्सेली डिफेण्डर

२९ असार, काठमाडौं । बार्सिलोनाले सेभिल्लाका सेन्टरब्याक क्लेमेन्ट लेङलेटलाई भित्र्याएको छ । २३ वर्षीय लेङलेटले बार्सिलोनासँग ५ वर्षे सम्झौता गरेका छन् ।

३५.९ मिलियनमा ल्याएको उनको रिलिज क्लज ३०० मिनियन युरो राकिएको छ । फ्रान्सका सेन्टरब्याक जनवरी २०१७ मा मात्र सेभिल्ला आएका थिए । उनले गत सिजन ५२ खेल खेले र चार गोल समेत गरेका थिए ।

स्पेनिस च्याम्पियन बार्सिलोनाले लेङलेटलाई विश्वका होनहार डिफेण्डरहरु मध्ये एक भनेको छ । उनको आगमनले जेरार्ड पिके, उम्टिटी र भर्मालिन रहेको एक शानदार डिफेन्स लाइन बनेको विश्वास समेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment