Comments Add Comment

मुस्कान सेवा नेपालको ‘ड्रिम प्रोजेक्ट’मा दाता जुट्दै


काठमाडौं । असहाय बालबालिकाको क्षेत्रमा क्रियाशिल संस्था मुस्कान सेवा नेपालको भवन निर्माणका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीका उपाध्यक्ष किरण सिग्देल र जर्मनीमा रेस्टुरेन्ट ब्यवसाय गर्दै आएका बिरबहादुर आलेले ५ सय यूरो सहयोग गरेका छन् ।

आलेले व्यक्तिगत रुपमा २ सय र सिग्देलले ३ सय युरो सहयोग गरेको मुस्कान सेवा नेपालका संस्थापक भवानी राई गुरुङले जानकारी दिइन् ।

‘असहाय बालबालिकालाई संरक्षण गरेर राख्ने भवन निर्माणका लागि एक करोड खर्च लाग्ने अनुमान छ,’ गुरुङले भनिन्, ‘दाताहरुले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।

हाल बिभिन्न व्यक्तिहरुले सहयोग गरिरहेको र कतिपयले सहयोगको वचन पनि दिएको उनले बताइन् । एनआरएन जर्मनीले मुस्कान सेवा नेपालको घरको एउटा कोठाको खर्च व्यहोर्ने घोषणा यसअघि नै गरिसकेको थियो ।

२०६६ सालमा स्थापित मुस्कान सेवा नेपाल भक्तपुरको सिपाडोलमा छ । लामो समय यूकेमा बसेकी भवानी राई गुरुङले त्यहाँ १३ जना असहाय बालबालिकाहरुलाई संरक्षण दिँदै आएकी छन् । हाल ५ जना बालक र ८ जना बालिका छन् ।

बालबालिकाहरुका लागि बनाइन लागेको भवनलाई ‘ड्रिम प्रोजेक्ट’ नाम दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment