Comments Add Comment

ह्वाट्सएपमा आएको मेसेज नयाँ हो कि फरवार्डेड ? अब थाहा हुनेछ

मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताका लागि एक नयाँ फिचर सुरुवात गरेको छ ।

यस फिचरको माध्यमबाट प्रयोगकर्ताले आफुलाई प्राप्त भएको कुन मेसेज ओरिजिनल हो र कुन मेसेज फरवार्डेड हो भन्ने कुरा थाहा पाउनेछन् ।

जुन मेसेज फरवार्डेड हुन्छ त्यसमा एउटा चिन्ह लगाइएको हुनेछ । जसबाट प्रयोगकर्ताले उक्त मेसेज पू्रेषकले पठाएको आफ्नै नयाँ मेसेज नभै फरवार्डेड भएको थाहा पाउनेछ ।

फेसबुक स्वामित्वको ह्वाट्सएप्ले एक विज्ञप्ती जारी गर्दै उक्त नयाँ फिचरले प्रयोगकर्ताबीच हुने वन टु वन तथा ग्रुप च्याटलाई सजिलो बनाउन सहयोग गर्ने जनाएको छ ।

यो नयाँ फिचर प्राप्त गर्नका लागि प्रयोगकर्ताले आफ्नो ह्वाट्सएप अपडेट गर्नुपर्नेछ । यो फिचर पछिल्ला केही हप्तादेखि परीक्षण संस्करणमा उपलब्ध थियो र यसलाई अन्ततः ह्वाट्सएपले आधिकारिक रुपमा सुरु गरेको हो ।

ह्वाट्सएपको लेटेस्ट भर्सनमा यो फिचर उपलब्ध रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment