Comments Add Comment

दुई पेस्तोल र ५६ राउण्ड गोलीसहित ललितपुरबाट दुई जना पक्राउ

३२ असार, काठमाडौं । पेस्तोल बिक्रीमा संलग्नको आशंकामा प्रहरीले ललितपुरको नखीपोटबाट थप २ जनालाई पक्राउ गरेको छ ।

पेस्तोलसहित हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिए । उनीहरुलाई २ वटा पेस्तोल र ५६ राउण्ड गोलीसहित पक्राउ गरिएको उनले बताए ।

ललितपुर महानगरपालिका १५ खुमलटार घर भई तिखोदेवल बस्ने ४५ वर्षका रोसन सुब्बा लिम्बु र नुवाकोट तारकेश्वर गाउँपालिका १ घर भई ललितपुर मंगलबजार बस्ने ३८ वर्षका रामचन्द्र अधिकारी पक्राउ परेका हुन् ।

यसअघि आइतबार पनि प्रहरीले जर्मन पेस्तोल बिक्री गर्न हिँडेका ३ जनालाई ललितपुरको नख्खिबोटबाटै पक्राउ गरेको थियो । आइतबार ताप्लेजुङ घर भई ललितपुर नखीपोट बस्ने ३६ वर्षका हेमराज पौडेल, रामेछाप घर भई नखीपोट बस्ने ३० वर्षका अंशुराम मोक्तान र रामेछाप घर भई काठमाडौं घट्टेकुलो बस्ने २४ वर्षका कृष्णबहादुर जोगी पक्राउ परेका थिए ।

आइतबार र सोमबार पक्राउ परेकाहरु एउटै समूहका रहेका प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment