+
+
Shares

स्थानीय तहमा जाने बैंकलाई सरकारले सुरक्षा दिन्छः अर्थमन्त्री खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १ गते १३:२२

१ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहमा बैंकहरुलाई सरकारले सुरक्षा दिने बताएका छन् ।

अर्थमन्त्री खतिवडाले स्थानीय तहसँग समन्वय गरेर त्यहाँ स्थापना हुने बैंकहरुलाई सुरक्षा दिने योजना पनि अघि सारे ।

उनले सरकारले सबै स्थानीय तहमा तत्काल बैंक स्थापना गर्ने घोषणा पनि गरे । अर्थमन्त्री खतिवडाले पुस मसान्तसम्म सबै कारोबार बैकिङ प्रणालीमार्फत् गर्न पनि सबै स्थानीय तहमा ३ महिनाभित्र बैंकहरु स्थापना गरिसक्ने पनि बताए ।

मंगलबार नविल बैंकले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बैंकहरुलाई विद्युतीय प्रणालीबाट संचालन गर्न नविकरणीय ऊर्जाको प्रयोग गर्न सकिने पनि स्मरण गराए ।

अर्थमन्त्री खतिवडाले कर छली हुन नदिन पनि सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने नीति लिएको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?