Comments Add Comment

इजरायलको ७० औं स्वतन्त्रता दिवसमा ४० बालबालिकालाई हृवीलचेयर प्रदान


१ साउन, काठमाडौं । नेपालस्थित इजरायली दूतावासले इजरायलको ७० औं स्वतन्त्रता दिवस मनाउन छुट्याएको रकमबाट नेपालका अपांगता भएका बालबालिकालाई हृवीलचेयर प्रदान गरेको छ ।

बालबालिकाका लागि तयार पारिएको ४० वटा हृवीलचेयर मंगलबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बालबालिकालाई प्रदान गरे ।

लाइन्स क्लब अफ काठमाडौं क्यापिटल ३२५ – ए २ र करुणा फाउण्डेसनले पनि हृवीलचेयर प्रदान कार्यक्रममा सहकार्य गरेका इजरायली दूतावासले जानकारी दिएको छ ।

समारोहमा परराष्ट्रमन्त्री ज्ञवाली र अन्य वक्ताले शारीरिक रुपले अशक्त बालबालिकालाई हृवीलचेयर वितरण गर्ने इजरायली दूतावासको कामको प्रशंसा गरेका थिए ।

कार्यक्रममा इजरायली राजदूत बेन्नी ओमेरले हलुका र आरामदायी हृवीचेयरको प्रयोगले अपांगता भएका बालबालिका आफै स्वतन्त्र रुपमा हिडडुल गर्न सक्ने बताए ।

यसअघि सन् २०१० मा पनि इजरायली दूतावासले स्वतन्त्रता दिवस मनाउन छुट्याएको रकमले काभ्रे जिल्लाको मानेखर्क गाउँमा इजरायलबाटै नेत्र विशेषज्ञको टोली ल्याई निशुल्क आँखाशिविर सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment